आजदेखी गोदावरी एफएम ११ औं बर्षमा प्रबेश

अत्तरिया, २८ जेठ- गोदावरी मिडिया प्रा.ली द्वारा सन्चालित गोदावरी एफ .एम ८७.९ मेघाहर्जले आफ्नो प्रसारणको १० बर्ष पुरा गरी एघारौं बर्षमा प्रबेश गरेको छ ।

२०६७ साल भाद्रमा दर्ता भएर मंसिरमा एफ .एमले सन्चार मन्त्रालयबाट प्रसारण अनुमती पाएको थियो । तर एफ एमले आफ्नो नियमित प्रसारण भने २०६८ जेठ २८ गते देखी गरेको हो ।

Navadurga sun
Godawari sandesh

सोही दिनलाई एफ.एमले हरेक बर्ष आफ्नो बार्षीकोत्सबको रुपमा मनाउँदै आएको छ । ५०० वाट क्षमतामा प्रसारण हुँदै आएको एफ एमले समाचार मनोरन्जन लगाएतका बिबिध कार्यक्रम दैनिक १८ घन्टा प्रसारण गर्दै आएको छ ।

Dadeldhura hospital

एफ एम ले बिगत १० बर्ष देखी यस क्षेत्रका नागरिकलाई शु– सुचित गर्दै आएको एफ एमका प्रबन्ध निर्देशक गोबिन्द रोस्याराले बताए । उनका अनुसार यो बर्ष कोरोना माहामारी र जारी निषेधाज्ञाको कारण कुनै औपचारिक कार्यक्रम भने गरिएको छैन ।

एफ एम ब्यबस्थापकले आगामी दिनमा पनि प्रसारण क्षमतालाई बढाउँदै लैजाने बताएको छ । यस्तै निर्देशक रोस्याराले मिडिया प्राली द्वारा सन्चालित अनलाइन न्युज पोर्टल गोदावरी न्युज लाई थप शसक्त बनाइने बताए ।

’बढदो प्रबिधीको चुनौती संगै ब्यबसायिक बजार खुम्चिदै गएको हालको परिबेशमा एफ .एम सन्चालन गर्न निकै कठिन भएको छ ,’रोस्याराले भने,’ तर पनि बिगत १० बर्ष देखी यस क्षेत्रमा हामीले हाम्रो उपस्थिती राम्रो देखाएका छौं ,आउने दिनमा पनि एफ. एम को प्रशारण क्षमतालाई गाउँ गाउँ सम्म पुर्याउन प्रयत्न गर्ने छौं ।’

गोदावरी एफ एमका समाचार प्रमुख हेमराज भट्टले आगामी दिनमा पनि एफ एम र अनलाईनको समाचारलाई अझै विश्वसनिय र प्रभाबकारी बनाइने बताए । उनले हाल प्रसारण भईरहेका दैनिक ५ वटा स्थानिय समाचार बुलेटिनलाई नियमित राखिने र थप प्रभाबकारी बनाइने बताए ।

आफ्नो १० बर्षको सफल यात्रामा साथ दिने सम्पूर्ण श्रोता , बिज्ञापनदाता र शुभचिन्तकहरुमा एफ एम परिवारले धन्यबाद ज्ञापन समेत गरेको छ ।

Loading...