अत्तरिया- डोटीको बोगटान फुड्सिल गाउँपालिकामा लैगिक विभेद, घरेलु हिंसा, छाउपडी प्रथा, बालविवाह जस्ता रुढिवादी परम्परा विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा वडा नं.७ चवराचौतारामा बिहिबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।



महिला संग उपाध्यक्ष कार्यक्रम अन्तर्गत यस बोगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष बिस्ना देउवा बमको प्रमुख आथित्यतामा उक्त जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।