सुदूरपश्चिम प्रदेश स्तरीय ‘गोदावरी मेयर कप’ र्‍यापिड चेस प्रतियोगिता हुने

प्रकाशबहादुर बोहरा
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.४ मा सुदूरपश्चिम प्रदेश स्तरिय ‘गोदावरी मेयर कप र्‍यापिड चेस प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघ र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा ‘पर्यटन क्षेत्र प्रवद्र्धनका लागी चेस’ भन्ने मूल नाराका साथ चेस प्रतियोगिता हुने भएको हो ।

Bhancha ghar0

उक्त चेक प्रतियोगिता यही जेठ २७ गते शनिबारका दिन यस प्रदेशका बुद्धिचाल खेलाडीहरुको स्तरोन्नती र गोदावरी नगरपालिका ४ बुढीतोलाको पर्यटकीय प्रचारको लागि नगद रु.४० हजार बरारको पुरस्कार राशी सहित चेस प्रतियोगिता हुने सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघका अध्यक्ष भीम दत्त पाण्डेयले बताए ।

त्यस्तै चेस प्रतियोगिताका लागि प्रवेश शुल्क ७ सय रुपैया तोकिएको छ भने महिला तथा विद्यार्थीहरुका लागि ५ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.