विद्युत कार्यालय अत्तरियामा आजदेखि संचालनमा आयो कलसेन्टर

gyan kendra dadel

अत्तरिया- नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमका लागि कैलालीमा कलसेन्टर सञ्चालनमा ल्याएको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यक्रम अनुसार सुदूरपश्चिममा पनि बुधवारदेखि कलसेन्टर सञ्चालनमा आएको हो ।

Khanepani dadeldhura

नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियामा कल सेन्टरको बुधवार उद्घाटन गरिएको छ । विद्युत प्राधिकरणले ११५० नम्बरको हटलाइन सेवा ग्राहकका लागि सुचारु गरेको थियो । सुदूरपश्चिममा पनि त्यो सेवा सुरु भएको हो ।

ajaymeru gaupalika
udhok dadeldhura

विद्युत सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना एवं जानकारीहरू एकै स्थानबाट आदान-प्रदान गर्ने प्रविधिसहतिको सेवा सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए । उनले सुदूरपश्चिमका ग्राहकहरूका लागि कल सेन्टर सञ्चालनमा ल्याएको बताए ।

विद्युतसँग सम्बन्धित गुनासो तथा सूचनाका लागि ग्राहकले ११५० नम्बरमा फोन गर्नुपर्ने छ । कल सेन्टरका कर्मचारीले ग्राहकका गुनासो तथा सूचनाको सम्बोधन गर्नेछन् । उक्त कल सेन्टर २४ नै घण्टा सञ्चालनमा रहने बताइएको छ ।

सुदूरपश्चिमका ग्राहकले विद्युत् आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा विद्युत प्राधिकरणको हटलाइन ११५० मा फोन सम्पर्क गरी अंक ७ डायल गरेर कल सेन्टरका कर्मचारीसँग कुरा गर्न सक्नेछन् । कलसेन्टरका कर्मचारीले सम्बन्धित क्षेत्रका अन्य कर्मचारीसँग पनि सोझै ग्राहकको सम्पर्क गराउन सक्ने सुविधा रहेको छ ।

Loading...