दार्चुला बसपार्कमा घाइते भेटिएका पुरुषको मृत्यु

दार्चुला- दार्चुला सदरमुकाम खलंगास्थित बसपार्क नजिक बेहोस भेटिएका पुरूषको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षका ती पुरूष आइतबार बिहान करिब ३ बजेको समयमा फेला परेका थिए ।

Bhancha ghar0

प्रहरीले उनको उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा पुगाएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनको अझैसम्म परिचय खुल्न सकेको छैन । अनुहार र टाउकोमा गम्भीर चोट लागेका उनलाई कसैले कुटपिट गरेर फालेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.