धनगढी- कैलालीको धनगढीमा ‘ग्याङ्ग फाइट’ भएको छ । धनगढीको हसनपुरस्थित बाल्मिकी इन्टरनेश्नल स्कुल अगाडि शनिवार राति लफडा भएको हो।
लफडा गर्ने एक युवक फरार भएका छन्। तर, एकजना भने पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी–५ का २३ वर्षीय कासीराम रावत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी खुकुरीसहित प्रक्राउ परेका हुन्।
स्रोतका अनुसार अरु ३/४ जना युवकलाई पनि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीले लफडा गर्नेहरुलाई समातेको हो।
यस्तै फरार रहेका युवाको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। ग्याङ्ग फाइटको कारण र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
