डोटीमा शंकास्पद वस्तु फेला

डोटी- डोटीमा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय डोटीको मुल गेट निर्माण कार्य भईरहेको अवस्थामा भित्ता साईडको माटो खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको हो।

पुरानो खिया लागेको शंकास्पद वस्तु तार सहितको (प्रेसर कुकर) फेला परेको प्रहरीले जनाएको छ। सो स्थानलाई प्रहरीले सुरक्षित राखेर आवश्यक जाँचबुझका लागि नेपाली सेनाको प्राविधिक टोलीसँग जिल्ला प्रहरी कार्यालय डोटीले समन्वय गरिरहेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...