सुदूरपश्चिममा माधव पक्षका १७ सांसदलाई ओली पक्षले सोध्यो स्पष्टीकरण

अत्तरिया, २७ जेठ- नेकपा एमालेमा माधव पक्षका १७ प्रदेश सांसदलाई ओली पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश अध्यक्ष कर्ण थापा र प्रदेश सचिव राजेन्द्र रावलले माधव पक्षका सासंदलाई स्पष्टीकरण सोधेका हुन् ।

प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले पार्टीको निर्देशनविपरित मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधव पक्षका १७ सासंदलाई २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

केन्द्रको निर्देशनअनुसार एमाले संसदीय दलका नेतासहित १७ जनालाई स्पष्टीकरण सोधिएको उनले बताए । रावलले चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी १७ जनालाई नै निष्काशन गरिने बताए । स्पष्टीकरण सोधिएका १७ सासंदमध्ये सात जना वर्तमान सरकारमा मन्त्री नै छन् ।

यसअघि माधव पक्षको बहुतम रहेको संसदीय दलले मुख्यमन्त्री भट्टको विरुद्धमा मत दिने ओली पक्षका सात जना सासंदलाई स्पष्टीकरण सोधेको थियो ।

ओली पक्षका सासंदले जवाफ दिदै संसदीय दलको विधानको वैधानिकतामाथि प्रश्न उठाएका थिए । ‘सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भइनसकेको अवस्थामा सो विधानले कानूनी मान्यता र पूणर्ता नै पाइनसकेको अवस्थामा सो अपूर्ण विधानका आधारमा सोधिएको स्पष्टीकरणको कुनै औचित्य छैन,’ जवाफ पेश गर्दै ओली पक्षका प्रदेशसभा सदस्यहरुले भनेका छन् ।

Loading...