सुदूरपश्चिमलाई सरकारबाट १४ अर्ब बजेट

धनगढी- सुदूरपश्चिम प्रदेशका लागि सङ्घीय सरकारले १४ अर्ब ४२ करोड १९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा सङ्घीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सो बजेटको व्यवस्था गरेको हो ।

जसमा चालुतर्फ १० अर्ब ४२ करोड ९४ लाख र पुँजीगततर्फ तीन अर्ब ९९ करोड २५ लाख रुपियाँ रहेको छ । सङ्घले समानीकरण अनुदान अन्तर्गत न्यूनतम अनुदान एक अर्ब ७५ करोड ७२ लाख, सूत्रमा आधारित अनुदान ६ अर्ब ५० करोड ९० लाख, कार्य सम्पादनमा आधारित अनुदान २५ करोड ४१ लाखगरी जम्मा आठ अर्ब ५२ करोड तीन लाख रुपियाँ बजेट छुट्ट्याइएको छ ।

Navadurga sun

यस्तै, सशर्त अनुदान अन्तर्गत चालुतर्फ एक अर्ब ६८ करोड ४१ लाख, पुँजीगत प्रकृतितर्फ दुई अर्ब ८२ करोड ७५ लाखगरी जम्मा चार अर्ब ५१ करोड १६ लाख रुपियाँ बजेट विनियोजन गरेको अर्थ मन्त्रालयको अन्तरसरकारी वित्तीय हस्तान्तरणमा उल्लेख छ । विशेष अनुदान अन्तर्गत चालुतर्फ २२ करोड ५० लाख र पुँजीगत प्रकृतितर्फ ३९ करोड ५० लाख गरी ६२ करोड रुपियाँ बजेट विनियोजन भएको उल्लेख छ । समपूरक अनुदान (पुँजीगत प्रकृति) अन्तर्गत ७७ करोड रुपियाँ थप बजेट सङ्घले सुदूरपश्चिमलाई दिएको छ ।

सङ्घले सबैभन्दा बढी बजेट कैलालीलाई ६ अर्ब दुई करोड ६४ लाख रुपियाँ दिएको छ । यसैगरी, कञ्चनपुरले तीन अर्ब ८२ करोड ८२ लाख, डडेल्धुराले दुई अर्ब २७ करोड १६ लाख, बैतडीले तीन अर्ब ७० करोड ८२ लाख रुपियाँ बजेट पाएका छन् ।

यस्तै, दार्चुलाले दुई अर्ब ९१ करोड ८२ लाख, अछामले तीन अर्ब ६६ करोड ८५ लाख, डोटीले तीन अर्ब पाँच करोड ३२ लाख, बझाङले तीन अर्ब ७५ करोड १५ लाख र बाजुराले दुई अर्ब ५१ करोड २५ लाख रुपियाँ सङ्घीय सरकारबाट बजेट पाएका छन् ।

पालिकालाई कति बजेट ?

कैलालीको धनगढी उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । सो उपमहानगरपालिकालाई सङ्घीय सरकारले ९२ करोड ८५ लाख रुपियाँ बजेट दिएको छ ।

यसैगरी, गोदावरी नगरपालिकाले ५९ करोड ७४ लाख, गौरीगङ्गा नगरपालिकाले ३९ करोड ५७ लाख, घोडाघोडी नगरपालिकाले ६० करोड चार लाख रुपियाँ बजेट पाएका छन् । यस्तै, टीकापुर नगरपालिकाले ५० करोड ५१ लाख, भजनी नगरपालिकाले ४० करोड १० लाख, लम्कीचुहा नगरपालिकाले ५२ करोड १३ लाख रुपियाँ बजेट पाएको छ ।

कैलारी गाउँपालिकाले ४१ करोड ४३ लाख, चुरे गाउँपालिकाले ३१ करोड ६८ लाख, जानकी गाउँपालिकाले ३६ करोड ५० लाख, जोशीपुरले ३१ करोड ११ लाख, बर्दगोरियाले ३४ लाख ३८ हजार र मोहन्याल गाउँपालिकाले ३१ करोड ९० लाख रुपियाँ बजेट पाएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...