गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै अत्तरियामा १ घण्टा चक्काजाम

धनगढी- गोदावरी नगरपालिका गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न माग गर्दै १ घण्टा चक्काजाम गरिएको छ ।

Dadeldhura hospital

शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अत्तरियामा बिहिवार बिहान ९ बजे देखि १० बजे सम्म चक्काजाम गरेको हो । चक्काजाम कार्यक्रममा युवा,विद्यार्थीर राजनीतिर्मी र समाजसेवीहरुको सहभागिता रहेको थियो ।

Navadurga sun
Godawari sandesh

चक्काजामका क्रममा सहभागीहरुले शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर, मेडिकल माफिया मुर्दावाद लगाएतका नारा लगाएका थिए ।

सरकारले आर्थिक बर्ष २०८०/०८१ को बजेट भाषणमा एक सय शैयाको अस्पताल सञ्चालनमा ल्याउँदै स्वास्थ्य प्रतिस्ठान बनाउने उल्लेख गरेपछि स्थानीयहरु आन्दोलित भएका छन् ।

 

 

Loading...