गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै अत्तरियामा १ घण्टा चक्काजाम

धनगढी- गोदावरी नगरपालिका गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न माग गर्दै १ घण्टा चक्काजाम गरिएको छ ।

Bhancha ghar0

शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अत्तरियामा बिहिवार बिहान ९ बजे देखि १० बजे सम्म चक्काजाम गरेको हो । चक्काजाम कार्यक्रममा युवा,विद्यार्थीर राजनीतिर्मी र समाजसेवीहरुको सहभागिता रहेको थियो ।

चक्काजामका क्रममा सहभागीहरुले शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर, मेडिकल माफिया मुर्दावाद लगाएतका नारा लगाएका थिए ।

सरकारले आर्थिक बर्ष २०८०/०८१ को बजेट भाषणमा एक सय शैयाको अस्पताल सञ्चालनमा ल्याउँदै स्वास्थ्य प्रतिस्ठान बनाउने उल्लेख गरेपछि स्थानीयहरु आन्दोलित भएका छन् ।

 

 

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.