प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

नयाँ दिल्ली- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन्। बिहीबार बिहान गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति पूष्पगुच्छा अर्पण गरेका छन् ।

Dadeldhura hospital

सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरे। लगििप्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा उनको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै हस्ताक्षर गरे। गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्न मन्त्रीहरुसमेत पुगेका थिए।

Navadurga sun
Godawari sandesh

भ्रमणकार्यतालिका अनुसार राजघाटबाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्वीपक्षीय भेटवार्ता गर्नेछन्। हैदरावाद हाउसमा बिहान ११ बजेपछि दाहाल र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुने तय भएको छ।

त्यसलगत्तै मध्याह्न १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने भएका छन्।

Loading...