एमालेका युवा नेता गणेशनाथ योगी रास्वपामा प्रवेश

अत्तरिया- नेकपा एमाले कैलालीको चुरे गाउँ कमिटी सचिवालय सदस्य तथा अनेरास्ववियु सुप विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष गणेशनाथ योगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

शनिबार अत्तरियामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरी नगर कमिटीको प्रथम नगर अधिवेशनका क्रममा पार्टीका केन्द्रीय संगठन विभाग सदस्य कविन्द्र ठकुल्ला ले योगीलाई पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन्।

Navadurga sun

योगी एमालेको चुरे गाउँ कमिटी सचिवालय सदस्य हुनुका साथै अनेरास्ववियु सुप विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्षको जिम्मेवारीमा समेत सक्रिय रहेका थिए। उनको रास्वपा प्रवेशलाई कैलालीको युवा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...