एमालेले ताक्याे सात प्रदेशमा इन्चार्ज: सुदूरपश्चिमका इन्चार्ज भण्डारी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना २९९ केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ। पार्टीले ‘अन्तर पार्टी निर्देशन–२’ (अपानि–२) जारी गर्दै केन्द्रदेखि प्रदेश, जिल्ला र पालिका तहसम्म नेताहरूको जिम्मेवारी निर्धारण गरेको हो।

पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनपरिचालनलाई प्रभावकारी बनाउने तथा पार्टी गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यसहित एमालेले ‘मिसन पार्टी जागरण’ अभियानलाई तीव्र रूपमा अघि बढाउने रणनीति लिएको जनाएको छ। सोही अभियानलाई सफल बनाउन केन्द्रीय सदस्यहरूलाई विभिन्न भूगोल तथा संगठनात्मक जिम्मेवारी प्रदान गरिएको पार्टीले उल्लेख गरेको छ।

Navadurga sun

कार्यविभाजनअनुसार प्रदेश इन्चार्जहरूको जिम्मेवारी समेत तोकिएको छ। छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश, खगराज अधिकारीलाई गण्डकी प्रदेश, यामलाल कँडेललाई कर्णाली प्रदेश, शेरधन राईलाई कोशी प्रदेश, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश, महेश बस्नेतलाई बागमती प्रदेश तथा दामोदर भण्डारीलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...