Satyawati
Division ban Pahalmanpur

लमजुङ कारागारबाट मध्यराती दुई कैदीबन्दी फरार

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बेसीसहर- लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन् । बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएका हुन् ।

Malpot office dadeldhura

फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं. ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका- १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेका छन् ।

बेसीसहर नगरपालिका वडा नं. ८ शेरामा रहेको कारागारबाट फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी ) प्रकाश श्रीमलको कमाण्डमा प्रहरी खटिएका छन् ।

विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।रातको समयमा पर्खाल नागेर भागेका कैदीबन्दीको खोजीकार्य तीव्र बनाइएको सुचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...