बझाङ्गमा भरुवा बन्दुक सहित १ जना मृत फेला

Dadeldhura hospital

बझाङ्ग, २६ जेठ- बझाङ्गमा भरुवा बन्दुक सहित १ जना मृत फेला परेका छन् । बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं. ४ खत्री गाउँका १ जना जङ्गलमा मृत फेला परेका हुन । गाउँपालिकाको वडा नं. ४ का अन्दाजी ३५ बर्षिया डम्बर बहादुर खत्री २४ गते जङ्गल गएको र उनकै परिवारले खोजी गर्दा २५ गते मृत अवस्थामा फेलापारेको जनाएको छ ।

उनी गडाला सामुदायिक वनमा भरुवा बन्दुक सहित मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ । खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको छ भने उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

Loading...