देशभर १७ हजार ४८० किलोमिटर सडक कालोपत्रे

काठमाडौं- नेपालभर कालोपत्रे सडकको लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०७९र८० को फागुनसम्म २४८ किलोमिटर कालोपत्रे थप भएसँगै कुल लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

२०७८र७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७ हजार २३२ किलोमिटर रहेको थियो । देशभर ग्राभेल सडकको लम्बाइ ७ हजार ९५६ किलोमिटर र ८ हजार ६६४ किलोमिटर सडक कच्ची अवस्थाको रहेको छ ।

यसअनुसार देशभर सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ । गत असारसम्म कुल सडकको लम्बाइ ३३ हजार ९९६ रहेको थियो ।

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.