बुधबार सुदूरपश्चिममा थप २५३ कोरोना संक्रमित, ५७५ जनाले कोरोना जिते, ३ जनाको मृत्यु

अत्तरिया, २६ जेठ- सुदूरपश्चिम प्रदेशमा बुधबार थप २ सय ५३ कोरोना संक्रमित पुष्टी भएका छन् । पिसिआर बिधिबाट गरिएको परीक्षणमा १ सय ५५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८ जना गरी २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Dadeldhura hospital

बुधबार पिसिआर बिधिबाट ४ सय २४ र एन्टिजेन विधिबाट १ हजा १ सय ५ नमूनाको कोरोना परिक्षण गरिएको थियो । यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४२ हजार १ सय २२ पुगेको छ । जसमध्ये ३२ हजार १ सय ९८ जनाले कोरोना जितेका छन ।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ७५ जनाले कोरोना जितेका छन । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण बुधबार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै कैलालीका रहेका छन । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ४५ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

Loading...