डोटीमा कक्षा कोठामै काँप्न थाले छात्रा, विद्यालयको पढाइ प्रभावित

डोटी- डोटी, बोगटान फुड्सिल गाउँपालिका-१ को सिमचौर माविमा कक्षा १० मा अध्ययनरत रमिला (नाम परिवर्तन) बिहानै हतारहतार गरेर विद्यालय आइन् । गर्मीको समयमा छकालै ९बिहानै० विद्यालय खुल्ने भएका कारण पनि उनलाई झन् बढी हतार हुन्छ ।

विद्यालयमा आएपछि उनले पहिलो, दोस्रो र तेस्रो विषय राम्रैसँग पढिन् । चौथो विषयको पढाइ सुरु मात्रै भएको थियो, उनी रुन थालिन् । सँगै बसेकी साथीले उनलाई के भयो भनेर सोध्दा उनी झन् जोरले चिच्याउन थालिन् । चिच्याउँदा चिच्याउँदै उनी झाँक्री जस्तै काँप्न थालिन् ।

Navadurga sun
Godawari sandesh

कक्षा कोठामा हल्लीखल्ली भयो । कक्षा शिक्षक र विद्यार्थीहरुले उनलाई च्यापेर राखेका थिए । अन्य कक्षा कोठामा पनि हल्ला फैलियो । यति हुँदासम्म कक्षा ८ मा पढ्ने उजली (नाम परिवर्तन) लाई पनि यस्तै भयो । उनी काँप्दै रमिला भएको कोठामा प्रवेश गरिन् ।

यी दुवै काँप्ने, रुने चिच्याउने गरिरहेका थिएँ । अन्य कक्षामा पनि किशोरीहरु काँप्न सुरु भयो । सँगसँगै ८र९ जना छात्राहरु काँप्न थालेपछि सवै कक्षाको पठनपाठन रोकियो । शिक्षक-विद्यार्थीहरु विद्यालयको चौरमा जम्मा भए ।

एक शिक्षकले काँप्ने विद्यार्थीका अभिभावकलाई फोन गरे, अर्काले झाँक्रीलाई बोलाए । अभिभावकहरु पनि विद्यालय पुगे, किशोरीहरु काँप्न रोकिएन ।

कक्षा कोठामै किशोरीहरु काँप्ने विद्यालयका लागि नौलो विषय भने होइन् । तर एकै पटक ८र९ जना काँपेको भने नयाँ भएको शिक्षकहरु बताउँछन् । ‘एकरदुई जना काँप्न थालेको धेरै वर्ष भयो’ विद्यालयका शिक्षक केशरबहादुर बम भन्छन्, ‘तर दुई तीन दिनयता ८र१० किशोरीहरु संगै काँप्न थालेका छन् ।’ यसले विद्यालयको पठनपाठनमा समस्या भएको बम बताउँछन् ।

यसअघि पनि विद्यालयमा किशोरीहरु काँप्न थालेपछि विद्यालयले स्थानीय स्वास्थ्य चौकीलाई खबर गरेको शिक्षक बमले बताए । उनले भने, ‘स्वास्थ्य चौकीबाट टोली आयो तर मानसिक समस्या भएको भनेर गयो ।’ काँप्न सुरु भएपछि एक दुई घण्टा लगातार काँपिरहने गरेको शिक्षक बमको भनाइ छ ।

देउताको कारण यस्तो भयो

Dadeldhura hospital

किशोरीहरु विद्यालयमा काँप्नुलाई स्थानीयले देउताको कारण मान्न थालेका छन् । विद्यालयका शिक्षक लोकराज जोशी भन्छन् ‘विद्यालयमा अशान्ति भयो, धामी र पुजारी बोलाएर शान्ति शुद्धि नगरेसम्म विद्यालयमा पठनपाठन सुचारु होला जस्तो छैन ।’

यस्तै विचार व्यक्त गर्छन् एक अभिभावक पनि । छोरी विद्यालयमा काँप्न थालेको खबर पाएपछि हतारहतार विद्यालय पुगेका उनले भने, ‘विद्यालयको माटो शुद्ध गर्नु पर्ने भयो ।’

उनी विद्यालय रहेको ठाउँमा पहिले तलाउ रहेको र उक्त तलाउमा एक जना बालिकाको हत्या भएको आफूले सुनेको बताउन थाले ।

समुदायमा सबैले देउताकै दोष भएको शंका गरिरहेको विद्यालयका प्रधानाध्यापक डम्मर बम बताउँछन् । उनी भन्छन्, ‘बिरामी भएपछि स्वास्थ्य चौकीलाई पनि खबर गर्‍यौं, केही पनि भएन ।’ यसअघि एक दुई जना काँप्ने गरेकामा अभिभावकलाई खबर गरेर घर पठाएपछि ठीक हुने गरेको प्राधानाध्यापक बमको भनाइ छ । यो समस्या १२ वर्षभन्दामाथिका छात्राहरुमा मात्रै देखिएको बलमे बताए ।

बाटोमा आउँदै लक्षण देखिन्छ

घरबाट विद्यालय आउँदै गर्दा बाटोमै आफूलाई अप्ठेरो हुने गरेको रमिला बताउँछिन् । ‘जुनदिन यस्तो हुने हो त्यो दिन बाटोमै आफूलाई एक प्रकारको डर जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘विद्यालयमा आएपछि के-के सोचिन्छ, अनि जीउ दुख्न थाल्छ ।’

त्यसपछि के हुन्छ भन्ने आफूलाई कुनै जानकारी नभएको उनी बताउँछिन् । भन्छिन् ‘काँप्न थाल्यो भने मैले के बोलेँ, कहाँ छु भन्ने केही जानकारी हुँदैन ।’

विद्यार्थीहरु काँप्ने समस्या सिमचौर माविको मात्रै हैन्, जिल्लाका अन्य विद्यालयमा पनि देखिने गरेको छ । यसअघि पनि धेरै विद्यालयमा यो समस्या देखिएको छ ।

समस्याको कारण खोजी गर्नतिर भने कसैको चाँसो छैन । ‘विद्यार्थी काँप्ने खबर हामीलाई आएपछि हामी विद्यालय गयौं,’ सिमचौर स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण साउँद भन्छन्, ‘यो मानसिक स्वास्थ्य समस्या जस्तो हामीलाई लाग्यो ।’ त्यसपछि आफूहरुले यस विषयमा केही गर्न नसकेको साउँदको भनाइ छ । अनलाइनबाट

Loading...