भन्सार छलीको सामान पास गर्न प्रहरीलाई घुस दिन खोज्ने भारतीय पक्राउ

धनगढी- कैलालीमा भन्सार छलीको सामान कटाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार बिहान धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारल नजिकै भारतबाट भन्सार छलेर ल्याएको आठ हजार रुपैयाँ बराबरको सामान पास गरिदिन आग्रह गर्दै घुस दिन खोज्ने भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार गुप्ताले बुधबार बिहान भारतबाट ल्याएको अवैध सामान भित्र्याउन प्रहरीलाई पाँच सय रूपैयाँ लिन र सामान छाडिदिन भनेका थिए ।

Navadurga sun

गुप्ताको साथबाट मिठाई, सुपारी, चियापत्ती, दूध पाउडर लगायत बरामद भएको छ । बरामद गरिएको समान र पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...