


कैलाली- सुदूरपश्चिम प्रदेश सभा बैठक आज दिउसो २ बजेका लागि आह्वान गरिएको छ । दिउँसो २ बजे बस्ने बैठकको कार्यसूची तयार गर्न ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।


आज करिब अढाई महिना पछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यस अघि २१ फागुनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो । त्यसपछि आजसम्म अर्को बैठक बसेको थिएन ।



