


धनगढी- प्रदेशको अस्थायी राजधानी धनगढीमा भ्रष्टाचार विरुद्ध सडकमा कविता वाचन गरिने भएको छ । जेठ ६ गते शनिवार साँझ ४ः३० बजे धनगढी पार्कमोडमा भ्रष्टाचार विरुद्ध कविता वाचन गरिने आयोजक सृजनशील मञ्च सुदूरपश्चिमले जनाएको छ ।


कार्यक्रममा भ्रष्टाचार विरुद्ध लेखिएका कविता वाचन गरेर भ्रष्टाचार विरुद्ध एक्यवद्धता जनाइने आयोजकले जनाएको छ ।

