

धनगढी- धनगढी उप–महानगरपालिका–३ ट्राफिक चोक स्थित सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा बेहोस भेटिएका पुरुषको मृत्यु भएको छ । बारमा बेहोस भेटिएका अन्दाजी ३८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार राती नै मृत्यु भएको हो ।



वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीमा ल्याएकोमा उनको उपचारको क्रममा राती साढे ८ बजे तिर मृत्यु भएको हो ।


उनको मृत्यु भएको र उनको पहिचान खुल्न नसकेको हुदाँ उनलाई चिन्नुहुनेले नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गर्न हुन जिल्ला प्रहरी कार्यलय कैलालीले आग्रह गरेको छ ।