धनगढीका विभिन्न स्थानमा भोलिदेखि भेरोसेल खोप लगाइदै
धनगढी, २४ जेठ- सरकारले भोलिदेखि देशभर कोरोना भाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइन लागेको हो ।




त्यसैगरी धनगढी उपमहानगरपालिकाका विभिन्न ठाउँमा भोलिदेखि खोप अभियान सञ्चालान गर्ने भएको हो । धनगढी महानगरपालिकाले पनि जसअनुसार ६० देखि ६४ वर्ष उमेर समूहकाले खोप लगाउने भएको छ ।


चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । सरकारले यसअघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई ८ भेरोसेल खोप दिएको थियो । यसपटक भने नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो ।





