सेती अस्पतालमा थप १३० जनामा कोरोना संक्रमित, १ जनाको मृत्यु

अत्तरिया, २४ जेठ- सोमबार सेती प्रादेशिक अस्पतालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
पछिल्लो २४ घण्टामा अस्पतालमा २७९ जनाको नमुना परीक्षण गर्दा थप १३० जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट ११ जना डिस्चार्ज भए भने थप ७ जना नयाँ संक्रमित भर्ना भएका छन् । हाल अस्पतालमा ३२ जना संक्रमित उपचाररत रहेका छन् । ९ जना आईसीयूमा, ३ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

Navadurga sun

त्यसैगरी पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत थप १ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...