कैलालीबाट अवैध काठसहित दुई जना पक्राउ

कैलाली- कैलालीबाट अवैध काठसहित दुई जना पक्राउ परेका छन । जिल्लाको जानकी गाउँपालिका – ७ मुनुवा स्थित सडक खण्डबाट अवैध काठसहित बर्दगोरिया गाउँपालिका –५ का २६ बर्षीय अनिल कठरिया र धनबहादुर बिक पक्राउ परेका हुन्।

Dadeldhura hospital

से १ त ३२२३ नम्बरको ट्याक्टरमा जडान गरिएको सु.प.प्र. ०१–००२ त ६१२६ नम्बरको ट्रालिमा अबैध रुपमा सालको जस्तो देखिने कडी थान ६४ र सालको जस्तो देखिने फ्रेम थान २६ लुकाई छिपाई लैजादै गरेको अवस्थामा प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ।

Navadurga sun
Godawari sandesh

उक्त काठ रित पुर्वक बरामद गरि ट्याक्टर चालक कठरिया र ट्याक्टर धनी बिकलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि शव डिभिजन कार्यालय टीकापुर पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Loading...