कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ

कञ्चनपुर,२४ जेठ- कञ्चनपुरमा लागुऔषध सहित सशस्त्र प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झिलमिलाको फवार्ड वेश राधाकृष्णबाट खटिएको टोलीले बेल्डाँडी नगरपालिका वडा नं. ३ वनकुर्मा क्षेत्रबाट तिनीहरु दुवै जनालाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

पक्राउ पर्नेमा कञ्चनपुरकै वेदकोट नगरपालिका वडा नं. ५ का २७ वर्षीय सुरेश नेपाली र सोही ठाउँका २८ वर्षीय सन्तोष बिष्ट रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

उनीहरुको साथबाट ४ ग्राम ब्राउन सुगर सहित एउटा मोटरसाइकल, दुईवटा मोवाइल र नगद १ हजार ७ सय रुपैयाँ समेत बरामद गरिएको छ । बरामद गरिएका सामानसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Loading...