कैलालीकाे धनगढीमा भ्रष्टचार विरुद्ध नेकपा एसको प्रदर्शन

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनगढीमा प्रदर्शन गरेको छ । नेकपा एसको कैलाली जिल्ला कमिटीले भ्रस्टाचार विरुद्ध जुलुससहित प्रर्दशन गरेको हो । प्रदेशको अस्थायी मुकाम धनगढीको एलएन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय कैलालीको प्रवेशद्वारमा नारावाजी गर्दै कोणसभामा परिणत भएको थियो ।

Dadeldhura hospital

नेपालीलाई भुटानी शरणार्थी बनाई भ्रस्टाचार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन माग गर्दै प्रर्दशन गरीएको जिल्ला अध्यक्ष विमल जोशीले बताए ।

Navadurga sun
Godawari sandesh

सरकारले भ्रस्टाचार काण्डमा ठुला नेताहरुलाई पक्राउ गरेको काम स्वागत योग्य भएको भन्दै त्यो प्रकरणमा नाम जोडीएका जोसुकैलाई पनि कानूनी दायरामा ल्याउन उनले माग गरेका छन् । कोणसभामा बोल्दै अध्यक्ष जोशीले भने-पार्टीले भ्रस्टाचारीका विरुद्ध आन्दोलन गर्ने छ, जोजो त्यो काण्डमा जोडीएका छन, कार्वाही गर्नु पर्छ । सबैको बारे सत्यतथ्य छानविन हुन पर्छ । सरकारले भ्रस्टाचारी जोगाउने चलखेल आफ्नो पार्टीलाई सैह्य नहुने जोशीले बताए ।

प्रर्दशनमा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य कैलाली इन्चार्ज दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, गीता सोडारी, शुसीला बुढाथोकी, युवा संघका केन्द्रीय कार्यालय प्रमुख नरेश गिरी लगायतका नेता तथा कार्यकताहरुको सभागिता रहेको थियो ।

Loading...