कैलालीको गोदावरी नगरपालिकाले ३ वटा केन्द्रबाट २५ गते देखि कोरोना बिरुद्धको खोप लगाउदै





अत्तरिया, २४ जेठ- चीन सरकारले अनुदानमा दिएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । यसै बिच कैलालीको गोदावरी नगरपालिकामा पनि ३ वटा केन्द्रबाट बिभिन्न बर्गलाई खोप दिने कार्यक्रम रहेको छ ।


कैलालीको गोदावरी नगरपालिकाले मंगलबार देखि कोरोना खोप लगाउन सुरु गर्ने जनाएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नगरपालिकाका मालाखेती अस्पताल, गेटा स्वास्थ्य चौकी र गोदावरी स्वास्थ्य चौकीमा जेठ २५ गते मंगलबार देखि जेठ २७ गते सम्म कोरोना खोप लगाइने जनाएको हो ।


कोरोना खोप ६० देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरिक, पहिले खोप नपाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, बैंकका कर्मचारीहरूलाई लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन ।

उनले काठमाण्डौंमा SARS–COV–2 (Vero cell) पहिलो डोज खोप लगाएकाहरूलाई पनि सोही अवधिमा खोपको दोस्रो मात्रा दिइने बताए ।कोरोना खोप लगाउनका लागि उमेर खुल्ने कागजात, कर्मचारीको परिचयपत्र अनिवार्य ल्याउन आग्रह गरिएको छ ।
स्वास्थ्य शाखा प्रमुख अवस्थीले गोदावरी नगरपालिका भित्र हालसम्म ५ हजार ६ सय ९९ जनाले कोरोना खोप लगाइसकेको बताए । उनले मंगलबार देखि लगाइने खोप जिल्लामा पुगिसकेको भएपनि नगरपालिकामा भने आउन बाँकी रहेको बताएका छन् । ‘कति जनालाई खोप लगाउने भन्ने यकिन तथ्याङ्क नभएपनि करिब जिल्लाबाट १२ सय जति खोप आउने हामीले जानकारी पाएका छौ’ उनले भने ।
गोदावरी नगरपालिका कैलालीद्वारा जारी सूचना:




