गोदावरी नगरका टोल टोलमा योजना छनोट गरिदैं

धनगढी- कैलालीको गोदावरी नगरपालिकाका अधिकांस वडाहरुमा आजदेखि योजना छनोटका लागि टोल भेला आयोजना गरिदै छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बैशाख मसान्त सम्म चोकरटोलरबस्ती स्तरबाट आयोजना र कार्यक्रमको छनौट गर्नुपर्ने प्रावधान अनुसार गोदावरीमा पनि भेला आयोजना गर्न लागिएका हुन ।

नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले नगरपालिकाका अधिकांस वडामा बिहिबार देखि टोलहरुमा भेला आयोजना गर्न लागिएको बताए । उनले टोल भेला आयोजना गर्ने सम्पुर्ण अधिकार वडालाई दिइने भएकाले वडाहरुले कार्यतालिका बनाएर भेलाको आयोजना गर्न लागेको बताए ।

Navadurga sun
Godawari sandesh

वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका भट्टले आफ्नो वडामा बैशाख २८ देखि ३१ गते सम्म टोल भेला गर्नको लागि कार्यतालिका तयार गरिएको बताए । उनले वडाका १४ वटा टोलमा कार्यक्रम संचालन गरिने बताए । वडा नम्बर २ ले पनि ५ वटा टोलभेला आयोजना गर्नको लागि बैसाख २८ देखि ३० सम्मको कार्यतालिका बनाएको छ ।

Dadeldhura hospital

उता वडा नम्बर १२ ले भने शुक्रबार बाट मात्रै टोल भेला आयोजना गरिने जनाएको छ । वडा अध्यक्ष भीम खड्काले बिहिबार वडामा बैठक बसेर कार्यतालिका निर्माण गरिने बताए । उनले यस बर्ष वडामा सिचाइका योजनालाई प्राथमिकता दिइने योजना रहेको बताए । ‘वडामा कृषिको विकासका लागि सिचाइको एकदमै मसस्या रहेको छ । वडामा पहाडी क्षेत्र पनि भएकाले सिचाइ कुलोको आवश्यकता बढी छ’ उनले भने ‘टोलबाट सिफारिस भएर आएका योजनाहरुमध्ये प्राथमिकताका आधारमा वडाबाट योजना छनोट गरिने छन ।’

टोलमा बजेट छनोट गर्दा समावेशी सिद्धान्त अवलम्बन गर्दै योजना छनोटमा बालबालिका, महिला, आदिवासीरजनजाती, मधेसी, दलित, अपाङ्ग, सीमान्तकृत, पिछडा वर्ग लगायत सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिताको सुनिश्चित हुने व्यवस्था मिलाउनु पर्ने प्रावधान रहेको छ । जसका लागि नागरिक समाजका संस्थाहरू, महिला र आमा समूहहरू, बालक्लवहरु, स्थानीय गैर सरकारी संस्थाहरू, सहकारी सङ्घ संस्थाहरू, निजी क्षेत्रका संस्थाहरू जस्ता स्थानीय सङ्घ संस्थाहरूको सक्रिय सहभागिता गराउनु पर्ने हुन्छ ।

नगरपालिकाले बजेट निर्माणका लागि पहिलो चरणको र दोस्रो चरणको काम सम्पन्न गरिसकेको छ । जसअन्तरगत बजेटको पूर्व तयारी र स्रोत अनुमान र कुल बजेट सीमा निर्धारणको काम सकिएको नगरपालिकाले जनाएको छ । टोलबाट योजना छनोट गरिएपछि वडा तथा शाखास्तरीय योजना प्राथमिकीकरण गर्ने काम गरिन्छ । उक्त काम जेठ १५ भित्र सक्नुपर्ने प्रावधान रहेको छ ।

योजना प्राथमिकरण पछि बजेट तथा कार्यक्रम तर्जुमा समितिद्वारा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा असार ५ गते भित्र सक्नुपर्ने हुन्छ । एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरेपछि गाउँ नगर कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्नुपर्ने प्रावधान रहेको छ ।

Loading...