युवा संघद्वारा धनगढीमा राजेन्द्र महतोको पुतला दहन

धनगढी, २३ जेठ– नेकपा एमालेको भातृ संगठनमा आबद्ध युवा तथा विद्यार्थी संगठनले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको धनगढीमा पुत्ला दहन गरेका छन्। राष्ट्रलाई विखण्डन गर्ने तथा संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै युवा समूहले धनगढीको पार्कमोडमा महतोको पुत्ला दहन गरेका हुन् ।

‘सार्वजनिक पदको दुरुपयोग गर्दै महतोले राष्ट्रलाई विखण्डन गरी देशमा अराजकता निम्त्याउने अभिव्यक्ति दिएका छन्’ नेकपा एमालेका युवा नेता मदन रेग्मीले भने–‘यसको हामी घोर भत्सना गर्दछौं, महतोले तत्काल मन्त्रीबाट राजीनामा दिनुपर्छ।’ युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठले देश टुक्र्याउने अभिव्यक्ति दिने महतोले तत्काल राजीनामा दिनुपर्ने बताए । ‘देशलाई अप्ठ्यारोमा पार्ने गतिविधि भएपछि हामी निषेधाज्ञामा समेत सडकमा निस्कन बाध्य भएका छौं’ उनले भने–‘महतोको राजीनामा नआए आन्दोलन थप चर्कने छ।’

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...