कैलालीको अत्तरियाका २ अस्पतालले कोरोना संक्रमितका लागि छुट्याइएका बेड खाली

अत्तरिया, २३ जेठ- कैलालीको अत्तरियाका २ अस्पतालले कोरोना संक्रमितका लागि छुट्याइएका बेड खाली भएका छ। पदमा अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पतालले कोरोना संक्रमितका लागि छुट्याएका बेडहरु खाली भएका छन्।

पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएपछि अस्पतालमा उपचार गर्न नयाँ बिरामी भर्ना भएका छैनन् ।
सुदूरपश्चिम सामुदायिक अस्पतालका प्रशासकीय अधिकृत खिमानन्द भट्टका अनुसार जेठ १५ गते यता अस्पतालमा कोरोनाका नयाँ संक्रमित भर्ना भएका छैनन् । अस्पतालले कोरोना संक्रमितका लागि ४० बेड छुट्याएको थियो । जसमा अहिले सबै बेड खाली रहेको प्रशासकीय अधिकृत भट्टले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

अस्पतालले प्रदेश सरकार र गोदावरी नगरपालिकाको सहयोगमा बैशाख १६ गते देखि कोरोना संक्रमितका लागि उपचार सेवा सुरु गरेको थियो । अस्पतालमा बैशाख २० गते देखि बिरामी भर्ना भएको अस्पतालले जनाएको छ । अस्पतालले बैशाख २० यता हालसम्म ३० कोरोना संक्रमितको उपचार गरिसकेको जनाएको छ । जसमध्ये २६ जना अस्पतालमा उपचार पछि निको भएर घर फर्किएको, २ जना अन्य अस्पतालमा डिस्चार्ज गरिएको र २ जनाको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रशासकीय अधिकृत भट्टले जानकारी दिए ।

त्यसैगरी कोरोना संक्रमितका लागि १० बेड छुट्याएको पदमा अस्पतालका बेड पनि खाली भएका छन । पदमा अस्पतालले पनि बैखाख १६ गते देखि नै कोरोना संक्रमितको उपचारका लागि सेवा सुरु गरेकोमा हालसम्म २२ जनाको उपचार गरेको जनाएको छ ।

जसमध्ये एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएकोमा बाँकी संक्रमित भने निको भएको अस्पतालकी प्रशासन अधिकृत मन्जु साउदले बताईन् । उनले ३ दिन यता कोरोनाका नयाँ संक्रमित अस्पतालमा उपचारका लागि नआएको समेत बताएकी छिन् ।

Loading...