यार्सागुम्बा संकलनको क्रममा विद्यार्थीको लडेर मृत्यु




दार्चुला- दार्चुलामा यार्सागुम्बा संकलनको क्रममा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ का १९ वर्षीय महेशसिह धामीको भीरबाट लडेर मृत्यु भएको हो ।



अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका धामीको भीरबाट लडेर शनिबार मृत्यु भएको नौगाड गाउँपालिका वडा नं. ४ का अध्यक्ष नन्दनसिह धामीले जानकारी दिए । जेठ पहिलो साता यार्सागुम्बा संकलनको लागि काका रघुबीरसिह धामीसँगै लोलु पुगेका थिए । मृतक गणेश विनायक मावि सिप्टीमा कक्षा १२ मा अध्ययनरत छन्।


यो वर्ष यार्सागुम्बा संकलनको क्रममा ३ जना अपिहिमाल गाउँपालिका र १ जना नौगाड गाउँपालिकाका संकलकको मृत्यु भएको छ ।



