कैलालीको घोडाघोडीमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन

सुखड, २३ जेठ- कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ सुखड चोकमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ ।

संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाई सेल) र अखिल क्रान्तिकारीले आईतबार विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो ।

Navadurga sun

ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा निकासी गर्ने कार्यक्रम ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको समेत पुत्ला दहन गरीएको छ । ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति दिने महतोको पुत्ला जलाउनुको साथै नारा समेत लगाएका छन् ।

केपी विद्या मुर्दावाद, राष्ट्रघाती सरकार मुर्दावाद, नागरिकता विधेयक खारेज गर, चुरे बेच्ने कार्यक्रम खारेज गर, विखण्डनकारी महतो मुर्दावाद, विखण्डनकारी महतो लाई कारबाही गर, दलाल सरकार मुर्दावाद, देशभक्त युवाहरू एक हौँ जस्ता नारा समेत उनीहरूले लगाएका थिए ।

केही दिन अगाडी उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गर्ने बेलामा नेपाललाई बहु राष्ट्र र बहु राज्य बनाउने मुक्ति आन्दोलन चलाइरहेको अभिव्यक्ति दिएका थिए । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महताले राष्ट्रघाती र विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै विभिन्न ठाउँमा विरोध प्रर्दशन हुनुको साथै पुत्ला दहन समेत भइरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...