बाढिपहिरो पिडीतहरुलाई अर्को व्यवस्था नहुदा सम्म नहटाउनु भन्दै ज्ञापन पत्र

अत्तरिया, २१ बैशाख- चुरे गाउँपालिका ४ पनेरुगडा र टागगडामा बस्दै आएका बाढिपहिरो पिडीतहरुलाई अर्को व्यवस्था नहुदा सम्म नहटाउनु भन्दै ज्ञापनपत्र बुझाइएको छ ।

Dadeldhura hospital

चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी, उपाध्यक्ष धना थापा र चुरे गाउँपालिका वन उपभोक्ता महासंघका अध्यक्ष करन साउद सहितको टोलिले मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय धनगढी कैलालीमा बिहीबार ज्ञापन पत्र बुझाएका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त क्षेत्रमा बिगट ४ बर्ष देखि बस्दै आएका झण्डै ४१८ घर परिवार बाढिपहिरो पिडीतहरुलाई डिभिजन वन कार्यालय धनगढीले वन अतिक्रमण भयो भन्दै स्थानिय सरकारलाई जानकारी र सल्लाह सुझाव बिना आफ्नै बलबुतामा ७ दिने सूचना टाँस गरि बाढीपिडीतका छोराछोरीहरु पढ्नका लागि बनाइएको स्कुल समेत भत्काएको हुँदा तिनिहरुको अर्को व्यवस्था नभएसम्मका लागि सो स्थानबाट नहटाइ दिन हुन भनि उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Loading...