अत्तरिया- प्रतिनीधी सभा सदस्य एवम् नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायरले केन्द्रीय बजेटका अंशियार क्षेत्र नम्बर चार बासी पनी भएको बताएका छन् ।






मंगलबार गोदावरी नगरपालीकाको प्रथम नगर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै बलायरले क्षेत्र नम्बर चार र त्यसमा पनी गोदावरी नगरपालीका प्रदेशको राजधानी तोकिएको ठाँउ भएकोले केन्द्रीय सरकारको बजेटको अंशियार भएको बताएका हुन्। उनले त्यसकालागी आफु अनवरत रुपमा लागी परेको बताएका छन् ।





उनले आफुले बजेटमा संलग्न व्यत्तिहरुसंग निरन्तर छलफल गरीरहेको बताँउदै आफ्नो कार्यकालमा देखीने गरी काम गर्ने बताए। फास्टट्रयाक, चौकीडाँडा फल्टुँडे सडक, खैरालाको सडक र मोहन्यालको सडक,मछेली खोलाको पुल लगायत थुप्रै पुलहरु निमाणर्को प्रस्ताव सम्बन्धीत ठाँउमा गरेको र सकरात्मक संकेत पाएको उनको भनाई थियो । देश अहिले आर्थिक मन्दीको चपेटामा परेको बताँउदै उनले त्यसको असर सबैतिर परेको बताए । आफुहरुले ल्याएको व्यवस्थामाथी नै प्रहार सुरु भएको बताँउदै बलायरले आवश्यक परे सडकमा उत्रीन तयार रहेको बताए ।
“यो व्यवस्था ल्याउनका लागी हाम्रो बलीदान रहेको छ, अहिले आएकाहरु त हामीले गरेका काम र दुख लेखेर गुजारा गरीरहेका थिए त्यतिबेला” उनले भने । नगर सम्मेलनमा प्रमुख अतिथी रहेका बलायरले कांग्रेसका नेता कार्यकर्ता सुध्रिनु जरुरी रहेको बताए ।




