अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारलाई फिर्ता आएको एम्बुलेन्स कैलालीको गोदावरी नगरपालीकाले चलाउने भएको छ । उत्त एम्बुलेन्स सामजिक विकास मन्त्रालयले गोदावरी नगरपालीकालाई हस्तान्तरण गरीसकेको गोदावरी नगरपालीकाका प्रमुख प्रशाशकिय अधिकृत बसन्त खत्रीले जानकारी दिए । एम्बुलेन्स बिग्रेको अवस्थामा धनगढीको एक ग्यारजिमा रहेको र केहि दिनमै आउने उनले बताए । एम्बुलेन्स मर्मतमा लाग्ने खर्च गोदावरी नगरपालीकाले नै बेहर्ने छ ।
सुदूरपश्चिम प्रदेश सरकारले २०७६ कात्तिकमा सामाजिक विकास मन्त्रालयमार्फत ६ करोड २५ लाख १२ हजार रुपियाँमा १६ वटा एम्बुलेन्स खरिद गरेर अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले टाटा कम्पनीको ४०७ मोडेलको एम्बुलेन्स गरिद गरेको थियो । यो मोडेलको गाडी एम्बुलेन्स नभइ मिनी ट्रकको रुपमा प्रयोग हुनेगरेको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो ।
पालीकाहरुले बारम्बार एम्बुलेन्स बिग्रदा मर्मत गर्नै समस्या भएको,इन्धन बढी खपत हुने,पहाडको साँघुरो बाटोमा चलाउन समस्या भएको भन्दै धमाधम फिर्ता गर्न थालेका छन् । गोदावरी नगरपालीकाले भने पहाडी जिल्लाको जस्तो समस्या यता नहुने र नगरबासीलाई सुविधा हुने भन्दै आफुले प्रदेश सरकारलाई फिर्ता आएको एम्बुलेन्स ल्याएको जनाएको छ ।
