दुर्गालक्ष्मी नमूना बिद्यालयका विद्यार्थीले मनाए राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

अत्तरिया- कैलालीको अत्तरियास्थीत दुर्गालक्ष्मी नमूना माध्यमिक बिद्यालयका विद्यार्थीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ मनाएका छन । सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि“ भन्ने मूल नारा सहित दुर्गालक्ष्मी नमूना माविमा कक्षा १२ मा अध्ययनरत आईटी समुहका विद्यार्थीले दिवसको आयोजना गरी मनाएका हुन् ।

मंगलबार दिवसको अवसरमा दुर्गालक्ष्मी विद्यालयका विद्यार्थी, कम्प्युटर इन्जिनियरिङका बिद्यार्थी, शिक्षकको सहभागीतामा र्‍याली समेत निकालिएको थियो । विद्यालयबाट निकालिएका र्‍याली अत्तरिया बजार परिक्रमा गरी नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियामा सम्पन्न गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

Dadeldhura hospital

र्‍यालीमा विद्यार्थीहरुले हातहातमा राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस २०८० सम्बन्धी नारा लगाउँदै प्लेकार्ड सहित पोष्टरहरु समातेका थिए । उनीहरुले सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि“, जस्ता विभिन्न सुरक्षीत सूचना तथा सञ्चार प्रविधी सम्वन्धी पोष्टरहरु समातेका थिए । र्‍यालीमा सहभागी विद्यार्थीहरुलाई नेपाल टेलीकम प्रादेशिक निर्देशनालका इन्जिनियर तिलक धामीले सूचना प्रविधिको महत्वको बारेमा प्रकाश पारेका थिए । साथै उनले सूचना प्रविधिको भूमिका, साईबर क्राइमको नकारात्मक प्रभाव, सुरक्षित सुचना तथा सञ्चार प्रविधि बारेमा जानकारी दिए ।

पहिले हुलाकको माध्यमबाट सूचना प्रवाह गर्ने गरिएकोमा हालको अवस्थामा क्षेण भरमै हामीले नयाँ सञ्चार प्रविधीको माध्यबाट नयाँ कुराको ज्ञान सूचना सम्प्रेषण लगायतका विभिन्न कार्यहरू सहज तरिकाले गर्ने गरेको बताए । उनले पछिल्लो समय देशमा भइरहेको साइबर क्राइम नियन्त्रण गर्ने,यसलाई कसरी सुरक्षीत साथै सूचना तथा सञ्चार प्रविधीलाई कसरी गुणस्तर बनाउन सकीन्छ सम्बन्धी जानकारी दिएका थिए ।

त्यस्तै र्‍यालीमा सहभागी दुर्गा लक्ष्मीका बिधार्थीहरुले अहिले अवस्थामा बिद्याथीलाई सूचना तथा सञ्चार प्रविधीको एकदमै आवश्यक रहेको बताएका छन् । हामी आईटी क्षेत्रमा आबद्ध भएका बिद्यार्थीहरुलाई झन् नयाँ सूचना तथा सञ्चार प्रविधीको एकदमै आवश्यक बताए । उनीहरुले सो प्रविधीले धेरै नै सहज बनाएकोले कामकाजमा सहजताका साथै नयाँ कुरा सिक्न र जान्ने अवसर मिलीरहेको बताएका छन् ।

त्यस्तै पहिलेका मानिसहरू कतै कूनै घटना घटेको अवस्थामा महिनौ वर्षौं पछि जानकारी प्राप्त हुने गरेकोमा अहिले आइसिटीकै कारणले गर्दा पलभरमै थाहा पाउने भएको छ, उनीहरुले भने । सजिलै घरमै बसेर भएपनी आइसिटीको मद्दतबाट टाढा टाढाको काम गर्न सकिने विद्यार्थीहरुले भनेका छन् ।

Loading...