तीन बर्षको अवधिमा सबैभन्दा बढी कञ्चनपुरमा २१ वटा बेवारिस शव फेला

कञ्चनपुर- तीन बर्षको अवधिमा सबैभन्दा बढी कञ्चनपुरमा २१ वटा बेवारिस शव फेला परेका छन् । त्यस्तै आइतबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेला नहर किनारमा बेवारिस अवस्थामा अन्दाजी ५५ वर्षीय गहु गोरो उचाई ५ दशमलव २ फिट भएको कालो पाईन्ट खैरो सर्ट कालो कलरको हाईनेक निलो कलरको आस्कोट टाउकोमा ढाका टोपी पातलो शरिर कपाल र दारी जुंगा फुलेको पुरष अचेत अवस्थामा फेला परेको हो ।

तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन् । मृत्यु भएका पुरुषको शव सोही अस्पतालको शब गृहमा राखिएको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो साढे तीन वर्षको अवधिमा फेला परेका ४६ शवको पहिचान नखुलेको पाइएको छ ।

Navadurga sun
Godawari sandesh

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ११ ओटा, २०७७/०७८ मा १९ ओटा, २०७८/०७९ मा १२ ओटा र चालु आवको अहिलेसम्म चार गरी ४६ शवको पहिचान नखुलेको पाइएको हो । सबैभन्दा बढी कञ्चनपुरमा २३ ओटा बेवारिस शव फेला परेका छन् । त्यस्तै कैलालीमा ७, डडेल्धुरामा ५, बैतडी र दार्चुलामा ३/३, डोटी र बझाङमा २/२ र अछाममा १ ओटा मात्र बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

Dadeldhura hospital

कञ्चनपुरमा आर्थिक वर्ष २०७६/०७७ मा ७ ओटा, २०७७/०७८ मा ९ ओटा र २०७८/०७९ मा ५ ओटा गरी तीन वर्षको अवधिमा २१ ओटा शव बेवारिसे अवस्थामा फेला परेका हुन्। कैलालीमा पनि आर्थिक वर्ष २०७६/०७७ मा १ ओटा, २०७७/०७८ मा ३ ओटा र २०७८/०७९ मा २ ओटा गरी तीन वर्षको अवधिमा ६ ओटा शव बेवारिस अवस्थामा फेला परेका हुन् ।

त्यस्तै, डोटी र अछाममा गत आर्थिक वर्षमा मात्रै कूल ३ ओटा शव फेला परेका छन् भने डडेल्धुरामा आर्थिक वर्ष ०७७/०७८ मा ४ ओटा, बझाङमा २०७७/०७८ र २०७८/०७९ मा १/१ ओटा, बैतडीमा २०७६/०७७ मा २ र २०७८/०७९ मा १ ओटा र दार्चुलामा २०७६/०७७ मा १ र २०७७/०७८ मा २ ओटा शव बेवारिसे अवस्थामा फेला परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बेवारिस शवहरुलाई १०/१५ दिन जति राखेर पहिचान खुलाउने प्रयास गरिन्छ । ‘बेवारिस अवस्थामा फेला परेका शवलाई यति नै दिन पहिचानका लागि कुर्ने भन्ने निश्चित समयावधि त तोकिएको छैन, तर १०/१५ दिन जति कुर्ने गरिएको छ । शव नसड्दासम्म र नगन्हाउँदासम्म गर्ने र शवको पोष्टमार्टम पनि गर्ने गरिएको छ ।

सो अवधिसम्म मृतकका आफन्त सम्पर्कमा नआए प्रहरीको पहलमा स्थानीय निकायले शव जलाउने गरिएको छ । त्यसपछि दुई वर्ष जति मृतकको पहिचान खुल्ने फोटो, कपडा, जुत्ता, नागरिकता अर्थात मृतकको साथमा जे भेटिन्छ त्योे राख्ने गरिएको छ । केही मृतकका आफन्तहरु शव जलाइसकेपछि पनि सम्पर्कमा आउने भएकाले मृतकको पहिचान खुल्ने सामान राख्ने गरिएको छ ।

Loading...