ओखलढुङ्गा- ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । शनिवार अपराह्न बर्सात सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोप डाँडाकी ५७ बर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको हो । घरभित्रै बसिरहनु भएकी बुढाथोकीलाई चट्याङ लागेर गम्भीर घाइते बनाएको थियो ।
उपचारको लागि रामेछापको मन्थली अस्पतालमा लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । ओखलढुङ्गामा चट्याङ लागेर यो महिनामा मात्रै दुई जनाको ज्यान गइसकेको छ ।
