अपाङगता भएका व्यक्तिहरुबाट लिएकाे बढी यातायात भाडा फिर्ता गर्न प्रशासनको निर्देशन

धनगढी, १४ बैशाख– अपाङगता भएका व्यक्तिहरुबाट लिएकाे बढी यातायात भाडा फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले निर्देशन गरेको छ ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालि धनगढी, रिभर साइड प्रालि लम्की र उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालि शाखा धनगढीलाई पत्र पढाउँदै अपाङता भएका व्यक्ति कानून बमोजिम पाउनु पर्ने सुविधा नदिएर बढी भाडा लिने ती यातायात प्रालिलाई सम्बन्धित सार्वजनिक बसलाई धेरै लिएको भाडा सम्बन्धित व्यक्तिहरुलाई फिता दिएको जानकारी जिल्ला प्रशासन कार्यालय कैलालीलाई गराई दिन आदेशानुसार अनुरोध गरेको छ ।

Navadurga sun

राष्ट्रिय अपाङगता महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीको चलानी नम्बर १३९/२०७९/०८० मिति २०७९/१०/१७ गतेको प्राप्त पत्रानुसार ती यातायात प्रालिद्वारा संचालित सार्वजनिक बसले अपाङता रहेका नागरिकहरुबाट सार्वजनिक यातायातमा यात्रा गर्दा अपाङता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ के दफा २ को सार्वजनिक सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ को उपदफा १ मा भएको व्यवस्था विपरित अपाङता भएका नागरिकहरुबाट चर्को भाडा असुल्ने र असम्मानित व्यवहार समेत गर्ने गरेकोले आवश्यक करवाही करी पाउँ भनि जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दर्ता भएको प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...