सेती प्रयोगशालामा १८९ नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु




धनगढी, २२ जेठ- पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८९ नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।



श्रेष्ठका अनुसार धनगढीका ९ जना र धनगढी बाहेक कैलालीका १२ जना र अन्य जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा ४९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।


जसमध्ये २ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ३३ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने १ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा २ जना भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।



