डोटीमा भिरबाट लडेर गर्भवती महिलाको मृत्यु

धनगढी- डोटीमा भिरबाट लडेर गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल गाउँपालिका– १ तुसेकी २१ वर्षीया अनिता मल्ल छन्। प्रहरी चौकी गैरा (डोटी) का अनुसार २१ वर्षीया अनिता मंगलबार स्याउला (सुकेको पत्कर) ल्याउन भन्दै घरबाट जाल बोकेर गाउँ नजिकैको जंगलमा गएकी थिइन्। खाना खाने समयमा पनि घर नफर्केपछि परिवार र छिमेकीले उनको खोजी सुरु गरेका थिए।

खोजीका क्रममा स्याउला संकलन गर्न गएको जंगलमा भिरबाट लडेको अवस्थामा भेटिएको अनिताका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिए। जंगलमा पुग्दा संकलन गरिएका केही स्याउला, स्याउला ल्याउने जाल र जमिनमा चिप्लिएको जस्तो संकेत देखिएपछि सोही आधारमा खोजतलास गर्दा अनिता एउटा खोल्सीमा मृत फेला परेकी प्रेमबहादुरले जानकारी दिए।

Navadurga sun

स्थानीय बासिन्दा र प्रहरी समेतको सहयोगमा अनिताको शव घर ल्याएर परीक्षणका लागि डडेलधुरा अस्पताल पठाइएको छ। मृतकका श्रीमान् एम्बुलेन्स चालक रहेको र घटनाको दिन उनी बुडरमा रहेको प्रहरीले जानकारी दिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...