


अछाम- अछाममा अटो दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत मंगलसेन-ठुलासेन सडक खण्डमा अटो दुर्घटना भएको हो । अछाम प्रहरीका अनुसार जिल्ला प्रसाशन कार्यालय नजिक से १ ह २३८५ नम्बरको अटो दुर्घटना हुँदा मंगलसेन नगरपालिका वडा नम्बर ७ का चन्द्र विक घाइते भएका छन् ।


अटोसहित चालक कणर् कामीलाई प्रहरीले नियनत्रणमा लिएको छ । अटो तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।



