धनगढीको सेती अस्पतालमा कोभिड संक्रमित महिलाको मृत्यु

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा एक कोरोना भाइरस (कोभिड) संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको आइतवार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा मृत्यु भएको उनले बताए । मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Navadurga sun
Godawari sandesh
Loading...