कञ्चनपुरको शुक्लाफाँटास्थित एक कोभिड अस्पताललाई एक्सरे मेसिन

कञ्चनपुर, २१ जेठ– शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ।

कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो।

Navadurga sun

“कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भने, “स्वास्थ्यचौकीमै एक्सरे मेसिन उपलब्ध भएपछि स्थानीयस्तरमै बिरामीले सेवा पाउँछन्।” एक्सरे मेसिन सञ्चालन गर्ने दक्ष जनशक्तिको व्यवस्थापनका लागि कार्य अगाडि बढाइने उनले बताए।

नगरपालिकाले सञ्चालन गरेको १५ शय्याको कोभिड अस्पतालमा अक्सिजनसहित दुई चिकित्सकको व्यवस्था गरी सेवा उपलब्ध गराइँदै आएको छ। कोरोनाका शङ्कास्पद बिरामीको स्वाबको नमूना सङ्कलन गर्ने र आवश्यक औषधि निःशुल्क रूपमा अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...