कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते

Dadeldhura hospital

धनगढी- कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका पवन आउजीलाई बाघले आक्रमण गरेको हो । २७ वर्षीय पवनलाई शुक्रवार बिहान साढे १० बजेतिर बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

गहुँ बारीमा उनलाई बाघले आक्रमण गरेको हो । उनको हात र कानमा चोट लागेको छ । स्थानीयले हो-हल्ला गरेपछि बाघ भागेको थियो । नेपाल-भारत सीमा क्षेत्रमा बाघ देखिएको टीकापुर प्रहरीले बताएको छ । घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको छ । सो क्षेत्रमा बाघले युवकलाई आक्रमण गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

Loading...