फोहोरमैला व्यवस्थापका लागि शुक्लाफाँटामा काम सुरु

झन्डै २७ करोडमा व्यवस्थापन केन्द्र निर्माण हुँदै

gyan kendra dadel

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम सुरु भएको छ । एसियाली विकास बैंकको ग्रामीण सहरी विकास परियोजना (आरयूडीपी) अन्तर्गत झन्डै २७ करोडमा व्यवस्थापन केन्द्र निर्माण हुन लागेको हो ।

Khanepani dadeldhura

नगरपालिकाको वडा नम्बर ११ को श्रीकृष्ण सामुदायिक वनमा व्यवस्थापन केन्द्र निर्माण सुरु गरिएको छ । यसका लागि ५ हेक्टर वन क्षेत्रका ८ सय २१ रूख कटानका लागि डिभिजन वन कार्यालयले एक महिनाअघि नै कटान आदेश दिइसकेको छ । नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रमण केएस जेभीसँग २६ करोड ७७ लाखमा सम्झौता भएको छ ।

ajaymeru gaupalika
udhok dadeldhura

२० महिनामा निर्माण कार्य सक्ने गरी २०७९ जेठमा सम्झौता भएको हो । पहिलो चरणमा गत सातादेखि रूख कटानको काम सुरु भएको छ । सम्झौता भएको १० महिनापछि निर्माण कार्यले गति लिएको नगरप्रमुख रणबहादुर महराले बताए । मानव स्वास्थ्य र वातावरणलाई कुनै असर नपर्ने गरी निर्माण भइरहेको फोहोरमैला व्यवस्थापन केन्द्रलाई एक पर्यटकीय स्थलसमेत बनाउने योजना छ ।

उक्त क्षेत्रमा पार्कसमेत निर्माण गरिनेछ । शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्रसँगै साढे ४ किलोमिटर सडक र प्रशासनिक भवन निर्माणको काम पनि चलिरहेको छ । सडक र भवन निर्माणको काम अन्तिम चरणमा रहेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताए ।
उनका अनुसार ४ दशमलव ७७ किलोमिटर सडक निर्माणका लागि २७ करोड ८७ लाख र प्रशासनिक भवन निर्माणका लागि १० करोडमा ठेक्का भएको छ । शुक्लाफाँटामा ढिलो गरी फोहोरमैला व्यवस्थापन केन्द्रको काम सुरु भए पनि भीमदत्तमा अझै सुरु भएको छैन ।

भीमदत्त नगरपालिकामा व्यवस्थापन केन्द्रसँगै झन्डै ३५ किलोमिटर स्तरीय सडकसमेत निर्माण हुनेछ । जसमध्ये एक अर्ब लागतमा १४ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ । नगरपालिकाले जमिन अभावका कारण फोहोरमैला व्यवस्थापन केन्द्रको काम अगाडि बढाउन सकेको छैन ।

आधुनिक सडक निर्माणसँगै फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भएपनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको नगरपालिकाका ईन्जिनियर हिमालयसिंह ऐरले बताए । ‘प्रशोधन केन्द्रका लागि एडीबीबाट ५० करोड बजेट आएको थियो नगरपालिकाले समयमा जग्गा उपलब्ध गराउन नसक्दा त्यो रकम फिर्ता भयो’ उनले भने ‘अहिले नगरपालिका आफैले प्रशोधन केन्द्र निमाणर्का लागि जग्गा खोजिरहेको छ ।’

Loading...