लिचीको दाना घाँटीमा अड्किदा बालकको मृत्यु

Dadeldhura hospital

कञ्चनपुर, २० जेठ- कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किदा बालकको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो बालकको घाँटीमा लिचीको दाना अड्एिपछि महाकाली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवः प्रहरी नायव उपरीक्षक अमर थापाले उनको अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

Loading...