स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा.शर्मा सहितको टोलीद्वारा कृष्णपुर स्वास्थ्य चौकीको निरीक्षण

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न ५ गुलरियामा रहेको कृष्णपुर स्वास्थ्य चौकीको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा.सर्वेश शर्माले निरीक्षण गरेका छ्न ।

बिहीवार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख सहितको टोलीले कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाको कार्यकक्षमा भेटघाट गरेका हुन । नगरप्रमुख ओझाले महाशाखा प्रमुख डा.शर्मालाई अघिल्लो महिना भेटेर नगरपालिका भ्रमणको लागि निमन्त्रणा गरेका थिए ।

Navadurga sun

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा.शर्मासँगको भेटघाटको क्रममा नगरप्रमुख हेमराज ओझाले कृष्णपुर स्वास्थ्य चौकिले प्रदान गर्दै आएका सेवा र आगामी दिनमा प्रवाह गर्ने सेवाबारे महाशाखा प्रमुख शर्मालाई जानकारी गराएका हुन । त्यस्तै भेटघाटको क्रममा नगरप्रमुख ओझाले आफू निर्वाचन भएर आएदेखी नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गर्दै आएको र स्वास्थ्यका क्षेत्रमा केही दीर्घकालीन प्रवाह पार्ने काम गर्न खोजिरहेको बताउँदै कृष्णपुरको स्वास्थ्य अवस्था र भावी योजना बारे महाशाखा प्रमुख शर्मालाई जानकारी बताएका हुन ।

नगरप्रमुख ओझाले समग्र कृष्णपुरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै कृष्णपुर स्वास्थ्य चौकीलाई सुविधासम्पन्न नगर अस्पताल बनाउने योजना रहेको महाशाखा प्रमुख डा.शर्मालाई बताए । स्वास्थ्य चौकीले प्रदान गरेको सेवा र नगरप्रमुखको स्वास्थ्य सम्बन्धि भावी योजनाको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा.सर्वेश शर्माले प्रशंसा गर्दै धन्यवाद दिएका छन् । महाशाखा प्रमुख डा.सर्वेश शर्माले आगामी दिनमा कृष्णपुरको स्वास्थ्य क्षेत्रलाई आवश्यक पर्ने सहयोग गर्ने बताए ।

कृष्णपुर नगरपालिकाको मुख्य बजार क्षेत्र गुलरियामा रहेको कृष्णपुर स्वास्थ्य चौकी चौबीसै घण्टा निशुल्क सेवा दिने देशको पहिलो स्वास्थ्य चौकि हो। हाल स्वास्थ्य चौकिले विभिन्न चेकजाँच सहित औषधि पुर्व रूपमा निशुल्क दिदै आएको छ । नगरपालिकाले सुत्केरी,जेष्ठ नागरिक र असाहयलाई निशुल्क एम्बुलेन्स सेवा,धनगढी रक्त संचार केन्द्रसँग समन्वय गरि कृष्णपुरबासीलाई निशुल्क रगत सेवा दिदै आएको छ । ९ ओटा वडा रहेको कृष्णपुरमा हाल दुई ओटा एम्बुलेन्स संचालनमा छन् भने केही दिनमै थप एउटा एम्बुलेन्स खरिद गर्ने योजना रहेको नगरप्रमुख हेमराज ओझाले बताए।

स्वास्थ्य चौकी निरीक्षणमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा.सर्वेश शर्मा सहित राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र काठमाडौका वरिष्ठ जनस्वास्थ्य प्रशाशक बाबुराम भुषाल,स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगाना,स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत दिपक राज भट्ट ,सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनार रहेका थिए । त्यस्तै कृष्णपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा न ५ का अध्यक्ष टेक पाण्डे,वडा न ४ का अध्यक्ष धर्म बहादुर सिंह,कृष्णपुर स्वास्थ्य चौकिका डा.दिलिप देउवा ,स्वास्थ्य चौकी इन्चार्ज वंशीराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...