किसान बहुउद्देश्यिय सहकारी संस्थाको केन्द्र प्रमुख गोष्ठि सम्पन्न

अत्तरिया- कैलालीको चुरे ६ बगैचुलामा शाखा कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहजपुरले कार्यालयको गोष्ठी सम्पन्न गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सहकारी संस्थाका संन्चालक समिति अध्यक्ष शिव बहादुर स्वारको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी चुरे गाउँपालिकाका उपाध्यक्ष धना थापा रहेकी थिइन ।

त्यस्तै बिशिष्ट अतिथिमा समाजसेवी हरीशंकर नाथ योगी रहेका थिए । कार्यक्रममा समाजसेवी दान बहादुर महरा, लोक बहादुर सारु लगायत संस्थाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमका स्वागत मन्तव्य लेखा सहायक योगेश भण्डारीले गरेका थिए भने कार्यक्रमको संचालन शाखा प्रमुख सन्तोष चौधरीले गरेका थिए ।

Loading...